घुस लिने सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पोखरेल विरुद्ध आरोप पत्र दायर



काठमाडौं । सडक डिभिजन कार्यालय लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको छ ।

पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको छ ।

घुस लिएको भन्ने सूचना पाएपछि आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामाअसार २६ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा पोखरेलले सडकको निर्माण कार्य सकेपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस माग गरी लिएको पुष्टि भएपछि पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।


क्लिकमान्डु