हर्बल औषधीको उत्पादन गर्ने फ्लेयुर हिमालयनको व्यापार बढ्यो, सवा २० करोडको कारोबार



काठमाडौं । हर्बल औषधीहरुको उत्पादन गर्ने फ्लेयुर हिमालयनको व्यापार अघिल्लो वर्षको तुलनामा बढेको छ ।

कम्पनीले आर्थिक वर्ष २०२२ मा २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । २०२१ को तुलनामा कम्पनीले ९० लाख धेरैको कारोबार गरेको हो । २०२१ मा यसको व्यापार १९ करोड ३० लाख रुपैयाँको थियो ।

कम्पनीको पछिल्लो ४ वर्षको व्यापार हेर्ने हो भने निरन्तर बढिरहेको छ । २०१९ मा १३ करोडको व्यापार गरेको कम्पनीले २०२० मा १३ करोड ७० लाखको व्यापार गरेको थियो । त्यसपछिका वर्षहरुमा पनि कम्पनीको व्यापार बढेको छ ।

सन् १९९६ मा सुरु भएको फ्लेयुर हिमालयन लिमिटेड नेपालमा हर्बल औषधीहरु उत्पादन गर्ने पब्लिक कम्पनी हो । पुल्चोक, ललितपुरमा कर्पोरेट अफिस रहेको कम्पनीको कारखाना भने जितपुर बारामा रहेको छ ।

कम्पनीको २८ प्रतिशत सेयर सर्वसाधारणमा र बाँकी ७२ सेयर लगानीकर्ताहरुमा नै रहेको छ ।


क्लिकमान्डु