चन्द्रागिरी हिल्सको नाफा ७९६.३९ % ले बढ्यो, प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा



काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको असार मसान्तसको तुलनामा गत आवमा कम्पनीको नाफा ७९६.३९ प्रतिशतले बढेर १५ करोड ११ लाख ६२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ८९ लाख ७८ हजार रुपैयाँबाट बढेर ९१ करोड ३४ लाख १७ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको कुल नाफा ७९ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५६ करोड ४० लाख ४७ हजार रुपैयाँ रहेको थियो । बिक्री लागत १२ करोड ८ लाख १७ हजार रुपैयाँ रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनिको जगेडा कोष भने २३ करोड ४४ लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ ।


क्लिकमान्डु