नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

असार मसान्तसम्म पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख २० हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ९ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको लगानी तथा अन्य आय ८ अर्ब ९४ करोड ९३ लाख ३ हजारबाट बढेर ११ अर्ब ५३ करोड ६२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको नाफा बढ्यो सहयोग पुगेको देखिन्छ ।

गत आवको असार मसान्तमा कम्पनीले ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ । यस्तै जीवन बिमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा छ ।


क्लिकमान्डु