विद्युत बिक्रीबाट हुने आयसँगै घट्यो सानिमा माई हाईड्रोको नाफा



काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको नाफा २५.४४ प्रतिशतले घटेर ४० करोड ७२ लाख २१ हजार रुपैयाँमा सिमित भएको छ ।

असार मसान्तमा कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको हो । अघिल्लो आवको असार मसान्तमा कम्पनीको नाफा ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा विद्युत बिक्रीबाट हुने आय घटेसँगै नाफा पनि घटेको छ । असार मसान्तसम्म कम्पनीको विद्युत बिक्री बाट हुने आय १८.३४ प्रतिशतले ७६ करोड ३५ लाख ११ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा विद्युत बिक्रीबाट हुने आय ९३ करोड ५० लाख २६ हजार रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । रिटेन अर्निङ १ अर्ब १६ करोड ९० लाख २३ हजार रहेको छ ।

अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख ६५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७६ पैसा रहेको छ ।


क्लिकमान्डु