नेसनल लाइफ इन्स्योरेन्सले आयोजना गर्‍यो ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’



काठमाडौं । ‘सिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका साथ नेट्ठनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखालाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

साउन १८ देखि २१ सम्म आयोजित सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० भन्दा बढीको सहभागिता थियो । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनीमाथि आएको बताए ।

आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्‍याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्नेबारे सम्मेलनमा विचारविमर्श भएको थियो ।

सम्मेलनमा सहभागी कर्मचारीलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धिीरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

यसैगरी, मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीलाई तनावमुक्त भई कार्य गरेमा कार्य दक्षतामा वृद्धि हुने भएकाले मन मस्तिष्कलाई सन्तुलन राखी त्यसबाट प्राप्त हुने सकरात्मक ऊर्जाले तनाव व्यवस्थापन गर्न सकिने बताए ।

कार्यक्रममा आव २०७९/८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।


क्लिकमान्डु