नोक्सानमा रहेको जानकी फाइनान्सको नाफा ४१ लाख ४८ हजार, खराब कर्जा १८.६५%



काठमाडौं । अघिल्लो आर्थिक वर्षमा नोक्सानमा रहेको जानकी फाइनान्स गत आवमा भने नाफामा गएको छ ।

अघिल्लो आवको असार मसान्तमा ११ करोड २८ लाख २० हजार नोक्सानमा रहेको कम्पनी गत आवको असार मसान्तसम्ममा ४१ लाख ४८ हजार रुपैयाँ नाफामा गएको छ ।

यो अवधिमा कम्पनीको कम्पनीको खुद ब्याज आम्दानी ३.९२ प्रतिशतले घटेर १६ करोड ८ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

६९ करोड ४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २९ करोड ८७ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा १६.६७ प्रतिशतबाट बढेर १८.६५ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.६० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ९४ पैसा रहेको छ ।


क्लिकमान्डु