सेयर कारोबारबाट हुने बैंकको आम्दानी ६.८७% ले घट्योः तीन वटा बैंकको बढ्यो, कृषि विकास बैंकको अर्ब बढी



काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरुको सेयर कारोबारबाट हुने आय ६.८७ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तमा बैंकहरुले ६ अर्ब ८६ करोड ४५ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेका थिए । चालु आवको सोही अवधिमा अघिल्लो आवको तुलनामा ६.८७ प्रतिशतले घटेर ६ अर्ब ३९ करोड २८ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा सेयर बजार निकै उतारचढाब रह्यो । उतारचढाबका बीच बजारमा सामान्य सुधार देखियो तर बैंकहरुले सेयर कारोबारबाट हुने आय भने बढाउन सकेनन् ।

बजार अस्थिर बन्दा बैंकहरुले गर्ने नेट ट्रेडिङ इनकम घटेको बैंकहरुको वित्तीय अवस्थामा उल्लेख छ । एक वर्षको अवधिमा तीन वटा बैंकको मात्रै सेयर बजारमा गरेको लगानीबाट हुने आय बढेको छ । बाँकी १७ वटा बैंकको घटेको छ । १७ वटा बैंकमा पनि राष्ट्रिय वाणिज्य बैंकको २८ लाख ५० हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

असार मसान्तसम्मम नेपाल एसबिआई बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकको सेयर कारोबारबाट हुने आय बढेको छ भने बाँकी बैंकको घटेको छ ।

नेपाल एसबिआई बैंकले सेयर कारोबारबाट ३३ करोड ३८ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिममा २६ करोड ४२ लाख ८१ हजार रुपैयाँ थियो । यो अवधिमा यस्तो आय २६.३४ प्रतिशतले बढेको छ ।

यस्तै प्रभु बैंकको २८ करोड १२ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १२.७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा २४ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

माछापुच्छ्रे बैंकको नेट ट्रेडिङ इनकम ३७.६२ प्रतिशतले बढेर २९ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २१ करोड ६६ लाख ५० हजार रुपैयाँ थियो ।

असार मसान्तसम्मको वित्तीय अवस्थाअनुसार सबैभन्दा बढी नेट ट्रेडिङ इनकम गर्नेमा कृषि विकास बैंक छ । अर्बभन्दा बढी नेट ट्रेडिङ इनकम गर्नेमा कृषि विकास बैंक मात्रै छ । अन्य बैंकको अर्ब भन्दा कम छ । बैंकले १ अर्ब ५ करोड ७१ लाख ५४ हजार रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिको तुलनामा २३ करोड २४ लाख ५८ हजार रुपैयाँ नोक्सानमा थियो । अहिले भने बढेको छ ।

नबिल बैंकको १४.१९ प्रतिशतले घटेर ४८ करोड ४७ लाख ७६ हजार, ग्लोबल आइएमई बैंकको २०.१२ प्रतिशतले घटेर ४७ करोड ४६ लाख १ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको २३.९२ प्रतिशतले बढेर ५० करोड ७६ लाख ३७ हजार, एनआईसी एशिया बैंकको २६.८२ प्रतिशतले १४ करोड ७० लाख ३७ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकको नेट टे्रडिङ इनकम ११.४५ प्रतिशतले घटेर ५८ करोड २१ लाख ४७ हजार रुपैयाँ छ ।

यस्तै एनएमबि बैंकको १३.२६ प्रतिशतले घटेर २३ करोड ६२ लाख ८५ हजार, प्राइम बैंकको ३४.९५ प्रतिशतले घटेर १५ करोड ३ लाख ५१ हजार, लक्ष्मी सनराइज बैंकको २०.९० प्रतिशतले घटेर २१ करोड ४१ लाख ७ हजार, कुमारी बैंकको ५.८३ प्रतिशतले घटेर ३५ करोड ५८ लाख १८ हजार, हिमालयन बैंकको ६०.१४ प्रतिशतले बढेर ३८ करोड २५ लाख ९९ हजार, एभरेष्ट बैंकको ३८.९६ प्रतिशतले घटेर १८ करोड २७ लाख ८४ हजार रुपैयाँ नेट ट्रेडिङ इनकम छ ।

यस्तै नेपाल बैंकको नेट ट्रेडिङ इनकम ६०.३१ प्रतिशतले घटेर ७ करोड ८६ लाख ४२ हजार, सिद्धार्थ बैंकको ५६.७१ प्रतिशतले घटेर १९ करोड १७ लाख ३६ हजार, सानिमा बैंकको २५ करोड ४४ लाख ५२ हजार रुपैयाँ छ भने सिटिजन्स बैंकको १८.७५ प्रतिशतले घटेर १८ करोड २२ लाख ३ हजार रुपैयाँ छ । राष्ट्रिय वाणिज्य बैंकको नेट ट्रेडिङ इनकम २८ लाख ५० हजार रुपैयाँ घटेको छ ।

राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । बैंकहरुले सो सुविधामार्फत सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्छ । बैंकहरुले राष्ट्र बैंकको प्रावधानमा रहेर सेयरमा गरेको लगानी बाहेक सेयर खरिद-बिक्री गरी कमाएको आम्दानी अन्य सञ्चालन नाफामा राख्ने गर्छन् ।


रवि धिताल