राष्ट्र बैंकले १ अर्ब १५ करोड मुद्दती निक्षेपमा राख्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।

केन्द्रीय बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दा वाणिज्य बैंकमा ९२ करोड राष्ट्रिय स्तरका विकास बैंकमा १७ करोड २५ लाख र ‘ग’ वर्गका विकास बैंकमा ५ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।

यो भदौ ३ गतेदेखि २०८१ भदौ ३ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । साउन २३ गतेदेखि २४ गते बेलुका ७ बजेसमम ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।


क्लिकमान्डु