काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीहरुलाई सहुलियत दरमा कम्पोस्ट बिन दिने भएको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै महानगरबासीलाई सहुलियत दरमा कम्पोस्ट बिन उपलब्ध गराउने जनाएको हो ।
विभागकाअनुसार घरबाट निस्कासन हुने कुहिने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरि घरमा कम्पोस्ट मल बनाएर फोहोर न्युनिकरण गर्नका लागि यस्तो गर्न लागिएको हो ।
सुलियत दरमा महानगरबासीहरुलाई १ हजार ५ सय रुपैयाँमा उक्त बिन उपलब्ध हुने विभागले जनाएको छ । उक्त कम्पोस्ट बिन महानगरको टेकुस्थित वातावरण व्यवस्थापन विभागबाट बिहान १० देखि दिउँसो ३ बजेसम्म लिन सकिने पनि महानगरले जनाएको छ ।
प्रतिक्रिया