प्राइम बैंकको नाफा ५२ करोडले घट्यो



काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो वर्षको भन्दा कमजोर वित्तीय विवरण सार्वजनिक गरेको हो ।

असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा घटेको छ । अघिल्लो वर्ष २ अर्ब ७८ करोड ७३ लाख खुद नाफा कमाएको बैंकले गत आवमा २ अर्ब २६ करोड ३१ लाख मात्र नाफा गरेको हो । समीक्षा अवधिमा बैंकको नाफा ५२ करोडले घटेको छ ।

बैंकको खुद ब्याज नाफा भने बढेको छ । गत वर्ष बैंकको खुद ब्याज नाफा ७ अर्ब २७ करोड ९७ लाख छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज नाफा ६ अर्ब १८ करोड ६९ लाख थियो ।

सञ्चालन खर्च बढेका कारण बैंकको खुद सञ्चालन आय भने ६ अर्ब ४२ करोड ३३ लाखबाट ५ अर्ब ९९ करोड ३० लाखमा झरेको छ । त्यस्तै सञ्चालन नाफा पनि ३ अर्ब ९५ करोड १४ लाखबाट ३ अर्ब ४० करोड ६७ लाखमा झरेको छ ।

बैंकको खराब कर्जा उच्च दरमा बढेको छ । खराब कर्जा अघिल्लो वर्षको १.७७ प्रतिशतबाट बढेर ४.२३ प्रतिशत पुगेको हो ।

१९ अर्ब ४० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा २ अर्ब ४ करोड ८३ लाख रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट १.६ प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा छ ।


रवि धिताल