बंगलादेशमा डेङ्गु लागेर ३०३ जनाको मृत्यु, ६४ हजार बिरामी



एजेन्सी । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बंगलादेशमा ३०३ जनाले ज्यान गुमाएका छन् भने ६४ हजार बिरामी भएका छन् ।

शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको संख्या ६४ हजार पुगेको छ । डेङ्गु लागेर ३०३ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली देश बंगलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको संख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । गत महिना मात्रै २०४ जनाको मृत्यु भयो भने ४३ हजार ८५४ जना नयाँ बिरामी थपिएका थिए ।


रवि धिताल