एभरेष्ट बैंकको नाफा ३६.८५% ले बढ्यो, प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा



काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन नाफा ३६.५१ प्रतिशतले बढेर ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

१० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.७९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ३३ पैसा रहेको छ ।


रवि धिताल