राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ९१ करोड



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६२ करोड ४३ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड २८ लाख खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढ्दा खुद नाफा बढेको हो । बैंकले खुद ब्याज आम्दानी ९ अर्ब २९ करोड रुपैयाँबाट बढाएर १२ अर्ब ३५ करोड रुपैयाँ पुर्‍याएको छ भने सञ्चालन नाफा ५ अर्ब ८१ करोडबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्‍याएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा सामान्य बढेको छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष २.०९ प्रतिशत रहेकोमा गत वर्ष बढेर २.९५ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ छ ।


रवि धिताल