कुमारी बैंकको नाफा २४.१४% ले घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुमारी बैंकको नाफा २४.१४ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ७१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५७ करोड ९८ लाख ९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख ५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा बितरणयोग्य नाफा १ अर्ब ८७ करोड २५ लाख ६७ हजार रुपैयाँ रहेको थियो । यो वर्ष बैंकले सेयरधनीलाई लाभांश दिने दिन सक्दैन ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड १३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १५.२४ प्रतिशतले घटेर ३ अर्ब ३ करोड २१ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले ३ खर्ब १६ अर्ब ४ करोड ७० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७० अर्ब ५७ करोड ३५ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड २८ लाख ९ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।


क्लिकमान्डु