यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय



काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपैयाँ) अनुदान सहायत प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन सरकारले वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

त्यस्तै दिगो भू व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारहरुको पुर्नउत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुवधाबाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर(करिब २० करोड २२ लाख रुपैयाँ) बराबर को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय


क्लिकमान्डु