गुराँस लघुवित्तको नाफा ३१.०७% ले घट्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१
काडमाडौं । गत आर्थिक वर्षमा गुराँस लघुवित्त वित्तीय संस्थाका नाफा ३१.०७ प्रतिशतले घटेको छ ।
असार मसान्तसम्म कमपनीको नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख ५३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ४१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । जसको असर नाफामा देखिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख ३८ हजार रुपैयाँमा रहेको छ । सञ्चालन नाफा ३१.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
१० करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ५ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ ।