नेपाल एसबिआई बैंकको ऋणपत्रमा निष्कासन, कति पाईन्छ ब्याज ?



काठमाडौं । नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँको १० वर्ष अवधिका लागि ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्कासन गरेको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमा १२ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी रहेको ८ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।

कम्पनीले सामूहिक लगानी कोषलाई ४० हजार इकई छुट्याएको छ । यसको ब्याज बार्षिक ९ प्रतिशत रहेको छ । ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु