२ अर्ब ६३ करोडको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन, कहिलेसम्म आउँछ ?



काठमाडौं । विभिन्न १२ वटा कम्पनीले २ अर्ब ६३ करोड ८९ लाख ८४ हजार ४०० रुपैयाँको साधारण सेयर (आईपीओ) ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आवेदन दिएका यी कम्पनीहरुले २ करोड ९५ लाख ६० हजार ४८४ कित्ता सेयर निष्कासन गर्न लागेका छन् ।

आईपीओ निष्कासनको तयारीमा रहेका १० वटा कम्पनीमा २ वटाले बुक बिल्डिङ विधि बाँकी १० वटा कम्पनीले अंकित मूल्यमा सेयर निष्कासन गर्ने भएका छन् ।

बोर्डमा आवेदन दिएका १२ मध्ये रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधि मार्फत सेयर निष्कासन गर्न लागेका हुन् । रिलायन्सले प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको रेञ्जमा७ लाख ७० हजार ६४० कित्ता संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा रहेको छ ।

यस्तै सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ५०१ देखि ७५१ रुपैयाँसम्मको रेञ्जमा २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले सेयर निष्कासन गर्दा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सेर्वसाधारणका लागि निष्कासन गर्ने छन् । दुवै कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस्तै सानिमा माई हाईड्रोपावरले १४ करोड ७० लाख रुपैयाँको १४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

डिसहोम मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

आईएमई लिमिटेडले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ । बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

यस्तै एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदनदिएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको छ । आईपीओ निष्कानका लागि बोर्डमा आवेदनदिएको कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनी ३८ करोड २५ लाख रुपैयाँको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

कम्पनीहरुले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरबाट वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्याउने गरिएको छ ।


क्लिकमान्डु