शंखरापुर नगरपालिकालाई एम्बुलेन्स किन्न जोशीले दिए २५ लाख



काठमाडौं । काठमाडौं निवासी सुरेन्द्र जोशीले शंखरापुर नगरपालिकालाई एम्बुलेन्स खरिदको लागि २५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । उनको सहयोगमा धन्यवाद दिँदै नगरपालिकाले कार्यक्रमको आयोजना गरी प्रशंसापत्र सहित सम्मान गरेको छ ।

जोशीको सहयोगबाट स्वास्थ्य उपचारजस्तो मानविय सेवालाई अझ सहज बनाई एम्बुलेन्सबाट बिरामीहरुलाई समयमै अस्पताल पुर्‍याउन सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

आफ्नो नगरको स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन आफूले योगदान दिन पाएकोमा र सो कार्यक्रममा नगरपालिकाले सहजीकरण गरिदिएकोमा जोशीले आभार प्रकट गरे ।

कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु