प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त
काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।
आज बसेको बैंक सञ्चालक सिमितको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । हाल मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको छ ।
नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैकले जनाएको छ ।
मानन्धर स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत थिए । कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर काम गरेको अनुभव छ ।