विद्युत प्राधिकरणले ५० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५० करोड रुपैयाँ ६ महिनाका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ ।
५० करोड ६ महिनाका लागि मुद्दती निक्षेपमा राख्न सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका वाणिज्य बैंकले सिलबन्दी प्रस्ताव आह्वान गर्न सक्नेछन् ।
प्रस्ताव दर्ता गर्ने अन्तिम मिति पहिलो पटक सूचना प्रकाशित भएको मितिले सातौं दिन ३ बजेभित्र नेपाल विद्युत प्रधिकरणको संस्थागत वित्तीय विभागमा दर्ता गराउनु पर्ने छ । प्रस्ताव सोही दिन ५ बजे संस्थागत वित्तीय विभागमा खोलिने छ ।
प्रस्तावमा लिन चाहेको ब्याजदर पनि उल्लेख गर्नुपर्ने छ ।