५-६ खर्ब लगानी गरेपछि मात्रै युरोपको जस्तो २४ घण्टा बिजुली पाउन सक्छौं: कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत अभाव नहुने बताए ।

प्राधिकरणले अहिले विद्युत निर्यात गरिरहेको भन्दै उनले विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरा गर्न नमिल्ने बताए ।

प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने नीति लिएको भन्दै निर्यात कम गर्नसक्ने घिसिङले बताए ।

विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्ने भन्दै हेरक वर्ष प्राधिकरणले १ हजार मेगावाट विद्युत थप गरिरहेको उनको भनाइ छ ।

विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको उनले बताए ।

भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने घिसिङको भनाइ छ ।

अब गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्शन चुलो बाल्नुपर्ने बताउँदै घिसिङले गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्शन चुलो २४ सै घण्टा विद्युत मात्रै बाल्छु भन्न नहुने बताए ।

‘गाउँ गाउँमा इन्डक्शन चुलो बालौं । एकछिन विद्युत जाँदैमा दाउरा बाल्यौं । इन्डक्शन चुलो २४ सै घण्टा विद्युत भयो भने मात्रै बाल्छु भनेर मात्रै हुँदैन । विकल्प हामीसँग छ । कुनै समय विद्युतमा समस्या हुँदा विकल्प छ भन्ने हिसावले अघि बढ्नुपर्छ’ उनले भने ।

‘विद्युतीय सवारी साधनमा समस्या देखिँदैन । रातभर,दिनभर र २४ सै घण्टा चार्ज गर्दा पनि भयो । त्यसमा समस्या गर्दैन । विद्युतीय सवारी साधन बढ्दै छ । विद्युत पुग्छ की पुग्दैन भन्ने मान्छेहरुलाई चिन्ता छ । धेरै विद्युतीय सावरी साधन आउँदा लोडसेडिङ भयो भने के गर्ने ? विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने कुरा नगरौं,’घिसिङले भने, ‘ प्राधिकरणले निर्यात गरिरहेको छ । बरु निर्यात कम गरौंला । प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने भनेका छौं । विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्छ । हेरक वर्ष प्राधिकरणले १,००० मेगावाट विद्युत पथ गरिरहेका छौं । विद्युतीय गाडीको लागि यदि कुनै महिना पुगेन भने विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा छ ।’

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको भन्दै उनले ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको जानकारी दिए ।

सुर्खेत,मुल्कोट,काठमाडौंको चार पाँच ठाउँमा चार्जिङ उनले बताए । विद्युत प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चार्जिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको घिसिङको भनाइ छ ।

प्राधिकरण थप १३ वटा चार्जिङ स्टेशन बनाउने तयारी गरिरहेको छ । प्राधिकरणले बनाएका चार्जिङ स्टेशनले मात्रै नपुग्ने भन्दै उनले रै ठाउँमा चार्जिङ स्टेशन आवश्यक रहेको बताए । उनले विनियम संशोधन गरेर २०० सम्मको ट्रान्सफर्मर प्राधिकरणले राखिदिने व्यवस्था समेत गरेको बताउनु भयो। उहाँले विद्युतीय गाडी जुनबेला बत्ति आउँछ त्यो बेला चार्ज गर्दा हुने बताए ।

ठूलो लगानी गरेमात्र अन्यदेशमा जस्तो सधैं विजुली पाउने उनले बताए । ‘करिब ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउन सक्छौं । ठूलो लगानी ट्रान्समिसन,सवस्टेशनमा आवश्यक छ । विद्युत प्राधिकरणले नाफा मात्रै गर्‍यो भनिन्छ । नाफा नगरे विद्युतमा लगानी कस्ले गर्ने ? सबैलाई २४ घण्टा विद्युत दिनको लागि विद्युत उत्पादनले मात्रै पुग्दैन’उनले भने ।


क्लिकमान्डु