हिमालयन लघुवित्तको नाफा ७८.५०% ले घट्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड ५३ लाख ७० हजार ११ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७८.५० प्रतिशतले कम हो ।
अघिल्लो आवको असार मसान्तमा ७ करोड १४ लाख ९३ हजार ६६९ रुपैयाँ नाफा आर्जन गरेको थियो । असार मसान्तसम्म कम्पनीको २० करोड२३ लाख ५२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २६ करोड ८० लाख ९१ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा १० करोड ४९ लाख ७ हजार रुपैयाँबाट बढेर २१ करोड ९९ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
३१ करोड ९८ लाख १८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ८० लाख ४५ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा ६० लाख ९८ हजार रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीलाई लाभांश दिने क्षमता १.९१ प्रतिशत रहेको छ ।
कम्पनीको खराब कर्जा १.४७ प्रतिशतबाट बढेर २.३७ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ ।