सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन नगरे संसद चल्न नदिने एमाले अडान, बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि पहिले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान एमालेले राखेको थियो ।

उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा वेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई गराएपछि बैठक स्थगित भएको हो ।


क्लिकमान्डु