सेयर बजार राताम्मे, १८९ कम्पनीको सेयर मूल्य घट्यो




काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको गिरावट अन्तिमसम्म पनि सुधार हुन सकेन । बजार मापन गर्ने सूचक २६.४१ अंकले घटेर २१०० बिन्दुमा रोकिएको छ ।

२६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको ७.९८, विकास बैंक ५९.१६, वित्त ४३.६५, होटल १२०.८२, जलविद्युत ३३.६५, जीवन बीमा १८८.१८, उत्पादन तथा प्रशोधन ३२.७९, माइक्रोफाइनान्स ६५.३५, निर्जीबन बीमा २१०.३७, अन्य समूहको उपसूचक २८.५१ अंकले घटेको छ । कारोबारमा १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोल्टी होटल र एभरेष्ट बैंक रहेको छ ।


क्लिकमान्डु