ऋणीको घरजग्गा कब्जा र पटक-पटक बलात्कारको आरोपमा मालीसहित २ जनाविरुद्ध किटानी जाहेरी



काठमाडौं । एक महिलाको घरजग्गा कब्जा र जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर घरजग्गा कब्जा तथा जबर्जस्ती करणीको आरोप लागेका मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेर पीडितले मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार ऐन २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएकी हुन् ।

प्रहरीका अनुसार पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । सोही कर्जाका कारण २०७५ चैतदेखि २०७६ साउनसम्म पटक-पटक बलात्कारमा परेको उनको आरोप छ ।

मालीले सुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएरसमेत बलात्कार गराएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । घटनाकी पीडितले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेलगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको थियो ।


क्लिकमान्डु