धनी वा गरिब हुनुमा जात र धर्मको भूमिका हुन्छ ?



एजेन्सी । के आर्थिक समृद्धिको पछाडि जात वा धर्म जस्ता सामाजिक विषयहरु कारण मानिन सक्छन् ? यो प्रश्नलाई मिहिन रुपमा हेर्ने हो भने फरक फरक जवाफ आउन सक्छ ।

तर, भारतस्थित ‘सेन्टर फर मनिटरिङ इण्डियन इकोनोमि (सीएमआईई)को एक अध्ययनले भने यसबारेको जवाफ निकालेको छ । उक्त संस्थाले यो वर्ष जुनमा भारतका घरघरमा गएर सर्वेक्षण गरेको थियो ।

सोही अध्ययनबाट संस्थाले धर्म र जातजस्ता सामाजिक तत्वहरुले व्यक्तिको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने निर्धारण हुने निष्कर्ष निकालेको छ । त्यत्ति मात्रै नभएर शहरी वा ग्रामिण क्षेत्र, कुनमा बसोबास छ भन्ने विषयले पनि यसको निर्धारण गरिने उक्त ध्ययनले देखाएको छ ।

उक्त सर्वेक्षणमा गत एक वर्षमा १०.७२ प्रतिशत परिवारहरुले एक वर्षमा आर्थिक रुपमा आफूहरु बलियो भएको देखिएको छ । तर, उक्त तथ्यांकमा जात र धर्मको आधारलाई नियाल्दा भने इन्टरकास्ट (फरक फरक जाती)मा विवाह गर्ने मानिसहरुमध्ये २० प्रतिशत परिवार आर्थिक समृद्धिको अवस्थामा रहेको पाइएको छ । यो अन्य औसतम परिवारको तुलनामा दुई गुणा हो ।

त्यस्तै, जुन २०२२ को तुलनामा जुन २०२३ मा सर्वेक्षणमा भाग लिएकामध्ये अनुसुचित जनजातिहरुको पनि आर्थिक अवस्था तीव्र रुपमा अघि बढिरहेको सर्वेक्षणमा देखिएको छ । यो भनेको अन्य जातीहरुको परिवारको तुलनामा निकै धेरै हो ।

समुदायको अवस्था के कस्तो छ, आर्थिक समृद्धि कुन स्तरको छ भन्ने जस्ता कुराहरुलाई जाती र धर्मले गम्भिर रुपमा प्रभाव पार्ने सवेक्षणमा देखिएको छ ।

उक्त सर्वेकाअनुसार जैन धर्मसँग जोडिएका ३९.९ प्रतिशत परिवारको आर्थिक स्थिति सुधारिएको पाइएको छ भने सिख जातीमा यो १ प्रतिशत मात्रै छ । हिन्दु वा मुस्लिम समुदायमा भने कुनै पनि किसिमको आर्थिक स्तरमा फरकपन नदेखिएको पाइएको छ ।


क्लिकमान्डु