भगवति हाईड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

231
Shares

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावितका लागि असार २४ गते देखि सेयर निष्कासन गरेको थियो । अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँका दरले ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँको ५ लाख ७२ हजार ६५ कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा कास्की जिल्ला पोखरा महानगरपालिका-१३, १४, २६ र २७ (साविकको पोखरा उप-महानगरपालिका-१३, १४, १८, २२ र लेखनाथ नगरपालिका-२, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन पाउनेछन् ।

आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

स्थानीयले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका स्थानीय तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।