राष्ट्रपतिले प्रमाणीकरण गरे मिटरब्याजसम्बन्धी विधेयक
काठमाडौं । राष्ट्रपतिले रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ लाई राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
राष्ट्रिय सभाबाट उत्पत्ति भएको यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर केही दिन राष्ट्रिय सभा पुगेको थियो ।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको थियो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।