५० लाखसम्मको सेयरकर्जामा जोखिम भार १०० प्रतिशत कायम



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाएको छ ।

राष्ट्र बैंकले शुक्रबार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाएको हो ।

५० लाखसम्मको सेयर कर्जामा थ्रेसहोल्ड १५० बाट १०० प्रतिशत कायम गरिएको छ । यसअघि २५ लाखसम्ममा १०० प्रतिशत लागू थियो ।

राष्ट्र बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५/२००७ को ३.३ को i को ९ संशोधन गरी यो व्यवस्था गरेको हो ।


क्लिकमान्डु