लुम्बिनी विकास बैंकको नाफा ३.८८% ले घट्यो, लाभांश ११.६१ प्रतिशत दिन सक्ने
काठमाडौं । गत वर्ष लुम्बिनी विकास बैंकको नाफा घटेको छ । बैंकको नाफासँगै सेयरधनीलाई दिने लाभांशको क्षमता पनि घटेको छ ।
गत असार मसान्तसम्म बैंकले आर्जन गरेको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३.८८ प्रतिशतले ६१ करोड २४ लाख ८२ हजार रुपैयाँमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफामा गिरावट आएको छ ।
बैैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ४२ लाख ८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ रहेको थियो । सञ्चालन नाफा भने ७.७० प्रतिशतले घटेर ८६ कोड ९३ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
३ अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३८ करोड ६७ लाख ६७ हजार रुपैयाँ रहेको छ । ४९ अर्ब १३ करोड २० लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४१ अर्ब ५६ करोड २५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ३९ करोड २७ लाख ६२ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता अघिल्लो वर्ष १४.०२ प्रतिशत रहेकामा गत वर्ष ११.६१ प्रतिशतमा खुम्चेको छ ।
बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसामा रहेको छ भने प्रतिसेयर नटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ ।