सिटिजन्स बैंकको नाफा १०.४१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा



काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

असार मसान्तसम्म बैंकको नाफा १०.४१ प्रतिशतले बढेर २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा नाफा २ अर्ब ५६ लाख १० हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म बैकको वितरणयोग्य नाफा ९८ करोड ६० लाख ७३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १३.४२ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा बढेर ६ अर्ब ७ करोड ४७ लाख ९५ हजार रुपैयाँ रहेको छ । १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४० अर्ब ४० करोड १५ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर असार मसान्तमा ३.१९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ०८ पैसा रहेको छ ।


क्लिकमान्डु