बागमती प्रदेशमा यातायातको भाडा घट्यो, कहाँदेखि कहाँसम्म कति ?



काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सार्वजनिक यातायातको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि बागमती प्रदेशभित्रको भाडा घटेको हो ।

प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यात्रायात मन्त्रालयले बिहीबार प्रदेश राजपत्र जारी गर्दै काठमाडौं उपत्यका बाहिर तथा उपत्यका बाहिर चल्ने सवारी साधनको भाडा घटाइएको जानकारी दिएको छ ।

राजपत्र अनुसार काठमाडौं उपत्यकामा चल्ने गाडीहरुमा अबदेखि ५ किमिसम्मको भाडा १८.३८ रुपैयाँ, १० किमिसम्मको भाडा २४.१९ रुपैयाँ, १५ किमिसम्मको भाडा २९.०२ रुपैयाँ, २० किमिसम्मको भाडा ३१.९२ रुपैयाँ र २० किमिभन्दा माथिको भाडा ३६.७६ रुपैयाँ कायम गरिएको जनाएको छ ।

यसअघि गत जेठ ११ मा समायोजन भएको भाडादरअनुसार पाँच किमिसम्म १९ रुपैयाा, १० किमिसम्म २५ रुपैयाँ, १५ किमिसम्म ३० रुपैयाँ, २० किमिसम्म ३३ रुपैयाँ र २० किमिभन्दा माथि ३८ रुपैयाँ भाडा रहेको थियो ।

लागु भएको भाडादरलाई दशमलव मिलान पश्चात हुने रकममा समायोजन गरिएको छ ।  राजपत्रअनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारी साधनमा २.३० प्रतिशत र मालबाहक सवारी साधनमा ३.१ प्रतिशत भाडा घटाइएको जनाएको छ ।


क्लिकमान्डु