सुन तस्करी आशंकामा सोह्रखुट्टेको गोदाममा छापा
काठमाडौं । सुन तस्करी आशंकामा राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेमा रहेको गोदाममा छापा मारेको छ। रेडी ट्रेडर्सले ल्याएका सामान राख्ने अर्को गोदाममा पनि छापा मारिएको हो ।
हङकङबाट आउने सुन भण्डारण गर्ने गरिएको र त्यहीँबाट भारत तस्करी गर्ने गरिएको विभागको अनुमान छ ।गोदामाबाट ५५ वटाभन्दा बढी कार्टुन बरामद गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गर्दै साउन ३ गते एक क्विन्टल सुन बाहिरिएको थियो । तर, विभागको टोलीले विशेष सूचनाका आधारमा सो सुन बरामद गरेको थियो ।
सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरी भन्सार अधिकृत र एजेन्टहरुसहित १६ जनालाई पक्राउ गरिसकेको छ ।