विद्युत प्राधिकरणको बेथितीले तराईको जनजिवन कष्ठकर बन्योः सांसद साह




काठमाडौं । सांसद प्रभु साहले विद्युत प्राधिकरणको बेथितीका कारण तराईको जनजिवन कष्ठकर बन्दै गएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद साहले यस्तो बताएका हुन् । ‘अहिले गर्मी उत्कर्षमा पुगेको छ, पानी परेको छैन, मच्छरको ठूलो बिगबिगी छ, लाईन पनि हुँदैन’ उनले भने ‘छिनछिनमा लाइन काट्ने गरिरहेको छ । अहिले तराईमा मान्छे बाँच्न नसक्ने अवस्था छ । अहिले पानी परिरहेको छैन । खेत बारीमा पानी तान्न मेसिन चलाउन थाल्यो केही समयमा नै मेसिन बन्द हुन्छ । १० कठ्ठा खेत जोत्नका लागि ५ दिन लागेको छ ।’

प्राधिकरणको बेथितीका कारण जनता धेरै मारमा परेको बताए । सांसद साहले लोडसेडिङ भएको हो भने त्यसको तालिका सार्वजनिक गर्न आग्रह गरे । हैन भने लाईन काटेर जनतालाई दुःख नदिन आग्रह गरे ।

रौतहटमा तीन महिनाको अवधिमा करेन्ट लागेर २४, २५ जनाको मृत्यु भएको दाबी गरे । यसमा ध्यान दिन उर्जा मन्त्रीलाई आग्रह गरे ।


क्लिकमान्डु