हवाई सेवा कम्पनीलाई सहजै सटही सुविधा दिने घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले हवाई सेवा कम्पनीहरुका लागि सटही सुविधालाई सहज बनाएको छ ।

बैंकले आव २०८०/०८१ को मौद्रिक नीतिमार्फत हवाई सेवा कम्पनीहरुलाई आवश्पक पर्ने विभिन्न सेवाहरुका लागि सहजै एक लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने जनाएको छ ।

मौद्रिक नीतिकाअनुसार हवाई सेवाअन्तर्गतका एयरलाइन्स, हेलिकप्टर वा अन्य जुनसुकै किसिमका कम्पनीहरुले पनि विदेशबाट कुनै पनि किसिमको सेवा खरिद गर्नु परेमा, आफ्ना कर्मचारीलाई प्रशिक्षणलगायतका लागि पठाउनु परेको खण्डमा एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रा रकम कारोबार गर्न पाउने व्यवस्था गरिएको छ ।

यसका लागि हवाई सेवा कम्पनीहरुले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति तथा सिफारिस र तोकिएको कागजातका आधारमा इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमार्फत रकम पठाउन पाउने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको छ ।

यसअघि विदेशबाट सेवा खरिद गर्दा हवाई सेवा कम्पनीहरुले कठिनाई झेल्दै आएका थिए ।


क्लिकमान्डु