प्यान सम्बन्धी नीति परिवर्तन गर्ने राष्ट्र बैंकको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी लेखा नम्बर(प्यान) सम्बन्धी नीतिलाई परिवर्तन गर्ने घोषणा गरेको छ ।

राष्ट्र बैंकले वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गर्ने भएको हो ।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले जारी गरेको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गर्ने आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर हुनुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु