मौद्रिक नीति: कर्जा विस्तार ११.५ प्रतिशतले गर्ने लक्ष्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो अनुमान गरेको हो ।

गत आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा बढ्ने लक्ष्य अनुमान केन्द्रीय बैंकले गरको थियो । तर, गत वर्ष बैंक वित्तीय संस्थाको कर्जा लगानी ३.६ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्षको असार मसान्तमा ४७ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक वित्तीय संस्थाको कर्जा लगानी एक वर्षको अवधीमा ३.६ प्रतिशतले बढेर ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु