मौद्रिक नीति सार्वजनिक, उच्छृंखल गतिविधि रोक्न बैंकिङ कसुर ऐन संशोधन गरिने (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिले केहीबेरअघि पारित गरेको मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर-व्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
विभिन्न व्यक्ति तथा समुदायले बैंकिङ क्षेत्रमा अराजक गतिविधि जारी राख्ने, बैंकका कर्मचारीलाई कालोमोसो दल्नेलगायतका कार्यलाई निरुत्साहित गर्न केन्द्रीय बैंकले बैंकिङ कसुर ऐन संशोधन गर्न लागेको हो ।
पारस्परिक मूल्यांकनबाट प्राप्त सुझावसमेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु जारी गरिने तथा सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।