ललिता निवास जग्गा प्रकारण: थप एक जना पक्राउ



काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । तत्कालीन नापीका कर्मचारी श्रेष्ठलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेको प्रहरीले जनाएको छ ।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह लगायत हिरासतमा रहेका छन् ।


क्लिकमान्डु