आरएसडीसी लघुवित्तले कमायो ११ करोड बढी नाफा, खराब कर्जा बढ्यो



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले असार मसान्तसम्म ११ करोड १६ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.७१ प्रतिशतले बढी हो । अघिल्लो आजको सोही अवधिमा कम्पनीको नाफा १० करोड ५६ लाख १५ हजार रुपैयाँ रहेको थियो । कम्पनीको वितरण योग्यनाफा ८० करोड ८१ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा पनि सुधार देखिएको छ । सस्थाको खुद ब्याज आम्दानी १९.२१ प्रतिशतले बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५.८८ प्रतिशतले बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ५५ लाख ३४ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।


क्लिकमान्डु