स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर सबैभन्दा कम



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ब्याजदर सार्वजनिक गरेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्डले मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याजदर दिने भएको हो ।

बैंकले ९१ दिनको व्यक्तिगत मुद्दति निक्षेपमा ७.९५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । त्यस्तै १२१ देखि ३६४ दिनसम्मको मुद्दति निक्षेपमा ८.९५ र १ वर्ष तथा त्योभन्दा माथिको मुद्दति निक्षेपमा पनि सर्तसहित ८.९५ प्रतिशत नै ब्याज दिने बैंकले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्डले कम्तीमा १ वर्षको रेमिट्यान्स मुद्दति निक्षेपमा भने ९.९५ प्रतिशत ब्याज दिनेछ ।

साधारण बचतअन्तर्गतका १० प्रकारका खातामा बैंकले ४.८५ देखि ७.४५ प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले जेठदेखि कर्जाको आधार दर ९.१२ प्रतिशत कायम गरेको छ ।


क्लिकमान्डु