आईओसीले पठायो नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, डिजेलको बढ्यो



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसा घटेर आएको छ ।

नयाँ मूल्यसूची आएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ । समग्रमा निगम पेट्रोलियम पदार्थमा पाक्षिक रुपमा १ अर्ब नाफामा छ ।

भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ । निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ ।


क्लिकमान्डु