सिद्धार्थ बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । सिद्धार्थ बैंकले साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्तति निक्षेपमा ब्याजदर घटाएको छ ।
बैंकले ६ महिनाभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्तति निक्षेपमा यसअघिको ९.९९ प्रतिशतलाई ९.५ प्रतिशतमा झारेको छ ।
त्यस्तै रेमिट्यान्स मुद्तति निक्षेपमा ६ महिनाभन्दा माथिको अवधिका लागि १०.५ प्रतिशत बनाइएको छ ।
साधारण बचतअन्तर्गतका २३ प्रकारका खातामा बैंकले ५ देखि ७ प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले जेठमा कर्जाको आधार दर १०.०८ प्रतिशत कायम गरेको छ ।