राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटायो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएको छ । बैंकले यसअघि दिँदै आएकोक ब्याजदरमा केही घटाउँदै साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले ३ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ । सार्वजनिक नयाँ ब्याजदरअनुसार ६ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष मुद्दती निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिने जनाएको हो ।

त्यस्तै, बैंकले ३ महिनादेखि ३ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्य मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र ३ महिनादेखि २ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक मुद्दती निक्षेप (राष्ट्रिय गौरब आयोजना प्रभावितहरुका लागि मात्र)का लागि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले सामान्य बचत खातामा ४.८६ प्रतिशत ब्याजदर तोकेको छ भने त्यसबाहेक अन्य बचत निक्षेपमा ६.६६ प्रतिशत ब्याजदर तोकेको छ । साथै, बैंकले राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्स बचत खातामा ७.६६ प्रतिशत ब्याज दिने जनाएको छ ।


क्लिकमान्डु