हिमालयन बैंकले १ वर्षमुनिको मुद्दति निक्षेपमा मात्र घटायो ब्याज
काठमाडौं । हिमालयन बैंकले साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १ वर्षमुनिको मुद्तति निक्षेपमा मात्र ब्याजदर मात्र ब्याज घटाएको छ ।
बैंकले १ वर्षदेखि ५ वर्षसम्मको मुद्दति निक्षेपमा भने ९.९९ प्रतिशत ब्याजदर कायम राखेको छ ।
बैंकले ३ महिनासम्मको मुद्दति निक्षेपमा ८.९९, ६ महिनासम्मकोमा ९.४९ र ९ महिनासम्मको मुद्दति निक्षेपमा ९.७४ प्रतिशत दिनेछ ।
साधारण बचतमा भने बैंकले ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याज तोकेको छ । असारका लागि बैंकको कर्जाको आधार दर १०.९४ प्रतिशत तोकेको छ ।