६ वटा गाडी लिलाम गर्दै नेपाल राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै ६ पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने जनाएको हो ।

बैंकले सन् २००८ मा बनेको स्वराज माज्दा बस न्यूनतम ४ लाख १५ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ११ लाख ६७ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ९ लाख ६२ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ९ लाख ८२ हजार, सन् २०१२ मा बनेको महिन्द्रा स्कारपियो पिकअप १२ लाख ५ हजारमा र सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ११ लाख ८७ हजार न्युनतम लिलाम मुल्य तोकिएको छ ।

पुराना सवारी साधन जे-जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा लिलाम हुने भएकाले खरिद गर्न इच्छुकले १७ दिनभित्र अर्थात् सान १६ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु