राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिमा ३८ जनालाई रोजगारीको अवसर



काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले चौथो तहदेखि आठौं तहसम्म ३८ जना कर्मचारी माग गरेको हो ।

आवेदन दिन इच्छुक नागरिकले आगामी ३० दिनभित्र दरखास्त दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त दिन सक्नेछन् । समितिले आठौं तहमा एक जना, सातौं तहमा ५ जना, छैठौं तहमा ७ जना, पाँचौं तहमा १९ जना र चौथो तहमा ६ जना कर्मचारी माग भएको छ ।

सूचनाअनुसार आठौं तहका लागि २ हजार रुपैयाँ, सातौं तह र छैठौं तहका लागि १२ सय रुपैयाँ र थप समावेशी समूहका लागि ४ सय रुपैयाँ, पाँचौं तहका लागि ७ सय रुपैयाँ र थप समावेशी समूहका लागि २ सय रुपैयाँ र चौथो तहका लागि ५ सय रुपैयाँ र थप समावेशी समूहका लागि १५० रुपैयाँ दस्तुर लाग्नेछ ।


क्लिकमान्डु