नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा रोजगारीको अवसर



काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले १० जना कर्मचारी माग गरेका छन् । प्रतिष्ठानले सूचना जारी गर्दै विभिन्न पदमा १० कर्मचारी माग गरेका हुन् ।

प्रतिष्ठानले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।

प्रतिष्ठानले प्रमुख प्रशिक्षक, शाखा अधिकृत प्रशासन र अधिकृत एक/एक जना र प्रशिक्षक ४ जना, वरिष्ठ लाइब्रेरियन, वरिष्ठ सहायक र सहायक लेखापल एक÷एक जना कर्मचारी माग गरेका छन् ।

योग्यता पुगेका नेपाली नागरिकले आगामी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि अधिकृतस्तरका लागि १२ सय रुपैयाँ र सहायकस्तरका लागि ५ सय रुपैयाँ तोकेको छ ।

साथै, समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूहका प्रत्येकका लागि परीक्षा दस्तुरको ५० प्रतिशत थप दस्तुर लाग्नेछ ।


क्लिकमान्डु